वर्षा रोकिएसँगै सप्तकोसी नदीको वहाव घट्दो
इनरुवा (सुनसरी) । अविरल वर्षा राकिएसँगै सप्तकोसी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ ।
गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए ।
अहिले कोसी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले भने । आइतबार विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो । रासस
.gif)

.png)

