जेनजी प्रदर्शनमा समातिएका २३ जनालाई आज छाडिँदै
काठमाडौँ : गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीका क्रममा आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरूलाई मंगलबार छाडिँदैछ।
जिल्ला प्रहरी परिसर ललितपुरस्थित थुनुवा कक्षमा रहेका २३ जना आरोपीलाई आज परिवारको जिम्मामा छाड्न लागेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
उनले विगतदेखि नै कर्तव्य ज्यान, खतरनाक अपराधी तथा गम्भीर प्रकृतिका अपराध बाहेककालाई दसैँजस्ता चाडपर्वमा परिवारलाई जिम्मा लगाएर छाडिँदै आएको बताए।
प्रहरीका अनुसार उनीहरूलाई चाडपर्वपछि परिवारले फेरि फर्काउने गरी छाड्न लागिएको हो । यसअघि जेनजी आन्दोलनमा तोडफोड, लुटपाट र आगजनी गर्नेहरूको फोटो, भिडियो संकलन गर्दै प्रहरीले कारबाहीमा ल्याउन थालेपछि पक्राउ नगर्न गृह मन्त्रालयले दबाब दिएको थियो।
.gif)

.png)




