आयोगले गर्यो निर्वाचन ऐन संशोधन प्रस्ताव
काठमाडौँ : निर्वाचन आयोगले मतदाता नामावली संकलनसम्बन्धी कानुनी अड्चन फुकाउन सरकारलाई प्रस्ताव पठाएको छ। आइतबारको आयोगको पदाधिकारी बैठकले गृह मन्त्रालयमा निर्वाचन ऐन संशोधनको प्रस्ताव पठाएको हो ।
संशोधन प्रस्ताव अनुसार आयोगले अब मतदाता नामावली संकलन गर्न सक्ने प्रावधान छ । निर्वाचन ऐन २०७३ अनुसार, चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्न सकिँदैन। यसले आगामी चुनावमा १८ वर्ष पुगेका जेनजी पुस्तासँगै अन्य नागरिकको नाम थप्न नपाउने भएपछि ऐन संशोधनका लागि आयोगले मन्त्रालयमा प्रस्ताव पठाएको हो ।
निर्वाचन आयोगका अनुसार, दफा ४ को संशोधन प्रस्ताव गरिएको हो जसले विशेष परिस्थितिमा नामावली संकलनका लागि नयाँ प्रावधानहरू लागू गरिनेछन् । सरकारले निर्वाचन ऐनमा रहेको यो दफा संशोधन गरेमा आयोगले पुनः नामावली संकलन गर्नको लागि बाटो खुल्नेछ ।
साथै, विदेशी भूमिमा रहेका नेपाली नागरिकलाई पनि मतदान प्रक्रियामा समावेश गर्ने विषयमा छलफल सुरु भएको छ । आयोगले अब कसरी र कुन विधिमार्फत विदेशमा रहेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारे विज्ञहरूसँग परामर्श गरिरहेको उल्लेख गरेको छ ।
.gif)

.png)

