त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं : जेन-जीको जारी आन्दोलनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्।
विदेशबाट अवतरणका लागि आएका केही विमानले काठमाडौंमा अवतरण गर्न अस्वीकार गरेपछि विमानस्थलबाट हुने उडान तथा आगमन दुबै प्रभावित भएका हुन् ।
काठमाडौंमा हिंसात्मक घटना भड्किएपछि सुरक्षाको कारण देखाउँदै केही अन्तर्राष्ट्रिय विमानहरूले भारतका विभिन्न विमानस्थलहरूमा वैकल्पिक रूपमा अवतरण गरेका छन्।
.gif)

.png)

