राष्ट्रपति भेट्न शीतल निवासमा प्रधानमन्त्री


२०८२ श्रावण २५ आइतबार १०:४३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको छ । तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन् ।

उनीहरूबीच समसामयिक विषयमा छलफल चलिरहेको बताएको छ । खासगरी राष्ट्रपतिले केही समय फिर्ता पठाएको विधेयकबीच कुरा भइरहेको बताइएको छ । राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि साउन ८ गते प्रतिनिधिसभामा फिर्ता पठाएका थिए । 

सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको भन्दै राष्ट्रपतिले फिर्ता पठाएका हुन् । संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा पठाएको थियो । दुवै सदनबाट पारित भइ आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिकहाँ पेस भएको थियो । 

परिषद्का दुई जनाले मात्रै निर्णय गर्न सक्ने व्यवस्थाप्रति असहमति जनाउँदै विधेयक फिर्ता भएको हो । अध्यक्ष र दुई जना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एकजना सदस्यसहित कम्तीमा दुई जना उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ अन्य व्यवस्था विधेयकमा थियो । सभामुख देवराज घिमिरेले पनि केही दिन पहिले यही विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले एक पटक राष्ट्रपतिलाई भेटिसकेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७