रामहरिलाई राज्य व्यवस्था समितिको सभापतिमा बस्ने अधिकार छैन : प्रचण्ड


२०८२ श्रावण २२ बिहीबार १६:५९ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिपछि संसद्को राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई उक्त पदमा बस्ने अधिकार नभएको बताएका छन् । 

आज (बिहीबार) अखिल क्रान्तिकारीले काठमाडौँमा गरेको शैक्षिक संवादका क्रममा पूर्व प्रधानमन्त्री तथा राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । ‘नैतिक रूपमा राज्य व्यवस्थाका सभापति रामहरि खतिवडाले समितिको सभापति पदमा बस्ने अधिकार छैन’, प्रचण्डले भने, ‘राजीनामा दिएर राजनीति सुरक्षित गर्न सक्नु हुन्छ ।’  

उनले खतिवडाले त्यसो नगरे गल्ती हुने समेत  बताएका छन् । उनले कुलिङ पिरियडमा भएको छेडखानीमा राज्य व्यवस्था समितिको सदस्यले मात्रै नभई सबै सांसदले लिनुपर्ने अवस्था आएको बताए । उनले भने, ‘समितिले गल्ती भयो सच्याइ पाउ भनेर राष्ट्रियसभालाई चिठी लेखेको छ । समितिले त गल्ती स्वीकारेको छ । त्यसैले नैतिक जिम्मेवारी त सिङ्गो सदनमा नै सोझियो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७