शिक्षा समितिबाट उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित


२०८२ श्रावण २२ बिहीबार १९:४४ बजे
फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट विद्यालय शिक्षक विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठले सहमति जुट्न बाँकी रहेका विषय टुंगो लगाएको हो । शिक्षक महासंघसँगको असन्तुष्टि कारण शिक्षकहरूको बढुवाको विषय टुंगो लागेको थिएन ।

शिक्षकहरूको बढुवा तीन किसिमले गर्ने गरी आज समितिले टुंगो लगाएको हो । अब शिक्षकहरूको आन्तरिक प्रतियोगितद्वारा ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्य क्षमताको मूल्यांकनद्वारा मूल्यांकन हुनेछ । बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथिको छलफल सकिएसँगै विधेयक सम्बन्धी प्रतिवेदन लेख्ने जिम्मेवारी सचिवालयलाई दिइएको छ ।

बैठकले छविलाल विश्वकर्मा संयोजकत्वको उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । यसैगरी शिक्षकको बढुवा तीन प्रकारबाट गर्ने प्रस्ताव पारित भएको छ ।

आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको सट्टा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन  र कार्यक्षमता मूल्याङ्कनको आधारमा शिक्षक बढुवा गर्ने प्रस्ताव पारित भएको हो । यसैगरी शिक्षकको कार्यसम्पादन मूल्याङ्कन अंक घटाएर ८० बनाउने प्रस्ताव पारित गरेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७