निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति कांग्रेसको प्रष्ट विमति छ : महामन्त्री शर्मा


२०८२ श्रावण २२ बिहीबार १४:५७ बजे
फाइल फोटो

काठमाडौं । संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति प्रष्ट असहमति रहेको जनाएको छ । संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दलहरूले ठिक-बेठिक गरेको संविधानले नियमन गर्ने बताएका छन् । ‘दलहरूको मूल्यांकन त जनताले गर्छ नि ठिक र बेठिक भनेर । राष्ट्रिय मान्यता प्राप्त के हुने, समावेशितासम्बन्धी के पुग्यो के पुगेन भन्ने दलहरूका लागि अन्य विविध कानुनहरू छन्,’ शर्माले भने । निर्वाचन आयोगको कुनै एक कर्मचारीले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने-गराउने गर्ने विषय मान्य नहुने शर्माले बताएका छन् ।

आयोगले गर्न तयार गर्न लागेको स्वमूल्यांकन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको महामन्त्री शर्माले बताएका छन् । आयोगले ल्याउन लागेको कार्यविधिप्रति विपक्षी दलहरूले बैठक बसेर अहसमति राखेका थिए । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि आज मात्र यो कार्यविधिमा असहमति जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७