गायक पशुपति शर्मा चढेको कार दुर्घटना


२०८२ श्रावण २१ बुधबार १७:१० बजे

काठमाडौं । गायक पशुपति शर्मा चढेको कार दुर्घटनामा परेको छ । पोखराबाट  वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको हो ।

आज (बुधबार) दिउँसो शर्मा सवार कार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । गायक शर्माको देब्रे हातमा चोट लागेको छ । कारमा सवार अन्य पनि सामान्य घाइते रहेको प्रहरीले जानकारी दिएको छ । गाडीको अगाडि भागमा क्षति पुगेको  र अहिले शर्मासहित सबै कार्यक्रमका लागि गइसकेको  एसपी दधिराम न्यौपानेले जानकारी दिए । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७