माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक


२०८२ श्रावण २१ बुधबार १७:०२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले बाहेक दलको बैठक राखेका छन् ।

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले बैठक चलिरहेको छ । छलफलमा प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बुद्धिमान तामाङ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन् ।

बैठकमा निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्ड सचिवालयले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७