एकताको चर्चाबीच नारायणकाजी र विप्लवबीच एक घण्टा छलफल


२०८२ श्रावण २१ बुधबार १६:४३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । विप्लवले श्रेष्ठ निवास हात्तीवन पुगेर करिब एक घण्टा छलफल गरेका हुन् ।

दुई नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चा, माओवादीको एकतासम्बन्धी निर्णयलगायतको विषयमा छलफल भएको जनाइएको छ । माओवादीको स्थायी कमिटी बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

तर नेकपाले भने माओवादीले निर्णय गर्दैमा तत्कालै एकता नहुने प्रतिक्रिया जनाएको छ । दुई पार्टीबीच एकताको चर्चा विगतदेखि नै चल्दै आइरहेको छ । विप्लवले यसअघि माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मासँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७