रविलाई लक्षित गर्दै विश्वप्रकाशले भने–केरे केरे ! तिम्रो पिताजीको शासन हो ?


२०८२ श्रावण २१ बुधबार १६:०० बजे

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कुनै बेला अदालतको आदेशमा बिमती राख्नेमाथि खरो उत्रिने रास्वपाले अहिले त्यही तागत नराख्ने टिप्पणी गरेका छन् । 

आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले पहिले केरे केरे !  तिम्रो पिताजीको शासन हो भन्नेहरू अहिले  हस्ताक्षरमार्फत दबाब दिन खोजेको आरोप लगाए । 

‘हिजो त्यसरी बोल्ने अनि आज हस्ताक्षरमार्फत केरे केरे कसलाई दबाब दिन खोजेको ? हस्ताक्षरमार्फत यो देशमा अदालतहरुमा वा कसलाई दबाब दिन खोजेको ?  कुनै अस्पताललाई क्याम्पसलाई कि अदालतलाई ?,’ उनले प्रश्न गरे । 

उनले रास्वपा पनि आफू जस्तै नयाँ भएकाले सिक्न आग्रह गरेका छन् । ‘हामी सिक्ने क्रममा छौं । सबै आफ्नो दृष्टिकोण बुझाइहरू संसदले मान्नुपर्छ भन्ने मेरो गोरूको अठारै टक्का भन्ने कुरामा म जानु हुन्न र म जस्तै साथीहरूले जानु हुन्न । प्रश्न नयाँ पुरानो होइन प्रवृत्तिको हो,’ उनले भने । 

रास्वपा सभापति जेलमा भए पनि आदेश गर्न स्वतन्त्र भएको उनले बताएका छन् । ‘साथीहरू बाहिर चाहिँ हुनुहुन्छ तर जेलको कैदीझैं आदेश मान्न बाध्य हुनुहुन्छ,’ उनले भने । केही नेताहरू कांग्रेसबाटै रास्वपामा गएको पनि उनले बताएका छन् । तर बोल्ने तागत कांग्रेसमा हुँदा मात्रै हुने बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७