गाउँलेले राति रुखमा बाँधेर राखेका व्यक्ति विहान मृत्त भेटिए


२०८२ श्रावण २१ बुधबार १३:३२ बजे

झापा । झापामा राति रुखमा बाँधिएका एक व्यक्ति विहान मृत्त भेटिएका छन् । झापा गाउँपालिकामा अत्यधिक मदिरा खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेर राखेको अवस्थामा एक ६० बर्षीय वृद्धको मृत्यु भएको हो ।

रक्सी खाएर गाँउभरी हल्ला गर्दै हिँडेको भन्दै झापा गाउँपालिका–१ का जतन सोरेनलाई छिमेकीले लसुनामा आँपको रुखमा बाँधेका थिए । प्रहरीका अनुसार छिमेकी महादेव टुडुको घर छेउ पुगेर जतनले काम्दै हो–हल्ला गरेपछि महादेवसहित स्थानीयले घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर छाडेका थिए । बुधबार बिहान करिब ४ बजे उठेर हेर्दा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न आरोपमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले ज्यान मुद्दा चलाउने तयारी गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७