‘भिजिट भिसा प्रकरण राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित कर्तुत’ 


२०८२ श्रावण २० मंगलबार १४:४१ बजे

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटी मात्रै नभएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैकठमा बोल्दै उनले नेपाली युवाहरू भविष्यको कर्णधार भएको र रोजगारी र शिक्षाको खोजीमा आशाको दियो लिएर अवसरका लागि विदेशिन बाध्य भएको बताए ।

उनले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार युवाहरूको भविष्यलाई ध्वस्त पार्दै राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने काम भएको बताए । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनाबद्ध, दलाल संरचनको कर्तुत नै भिजिट भिसा प्रकरण भएको बताए ।  सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे बनेको छानबिन समिति टालटुले समिति भएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७