संसदीय समितिले पास गरिसकेको कुरा नियतवश परिवर्तन अक्षम्य : गृहमन्त्री 


२०८२ श्रावण २० मंगलबार २१:४३ बजे

काठमाडौं । संसदीय समितिले पारित गरेको कुरा नियतवश परिवर्तन गर्नु अक्षम्य भएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

संघीय निजामती विधेयकमा राखिएको दुई वर्षको ‘कुलिङ अफ पिरियड’ को व्यवस्था खण्डित हुने प्रावधान राखिएको सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समिति समक्ष गृहमन्त्री लेखकले उक्त कुरा बताएका छन् । 

‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति’ ले सभामुखलाई मंगलबार प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनमा गृहमन्त्री लेखकले समितिसमक्ष राखेका धारणा उल्लेख छन् ।

राज्य व्यवस्था समितिले निजामती सेवा र अन्य सरकारी सेवाबाट राजीनामा वा अनिवार्य अवकाशमा गएका कर्मचारीले २ वर्षसम्म संवैधानिक, सरकारी, कूटनीतिक नियुक्ति नपाउने ‘कुलिङ अफ पिरियड’ को व्यवस्था राखेको थियो । उक्त व्यवस्थाविरुद्ध मुख्यसचिव, सचिवहरू लागेका थिए ।

समितिको प्रतिवेदन लेखनको क्रममा उक्त व्यवस्था खण्डित हुने प्रावधान पनि राखिएको थियो । त्यसरी उक्त व्यवस्था राख्नु गम्भीर रहेको गृहमन्त्री लेखकले बताएका छन् ।

गृहमन्त्री लेखकले भनेका छन्, ‘यस विषयमा यो चाहिँ त्रुटि भयो जसका लागि छानबिन गरिरहनु भएको छ । यो मनसायपूर्वक वा मानवीय त्रुटि हुनसक्छ अथवा मनसायपूर्वक कसैले गरेको पनि हुनसक्छ । यो ड्राफ्टिङ गर्ने जिम्मा कसको हो ? यो त्रुटिलाई दुईटा कुरा गर्नुपर्‍यो एउटा कस्तो प्रकृतिको र प्रकारको हो भन्ने छुट्टाउनु पर्‍यो र तदनुरूप जानुपर्‍यो । कसैको मनसायपूर्वक कसैको नियतले भएको छ भने अत्यन्तै सिरियस कुरा हो । एउटा पार्लियामेन्ट्री कमिटीले पास गरिसकेको कुरा नियतवश परिवर्तन गरेको हो भने अक्षम्य कुरा नै हो । त्यसलाई त्यही ढङ्गले हेर्नुपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७