शर्मिला वाइबा पोखराबाट पक्राउ


२०८२ श्रावण २० मंगलबार १७:२४ बजे

पोखरा । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनलाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन् ।

प्रहरीले उनलाई साइबर क्राइम मुद्दामा पक्राउ गरेको हो । उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको स्रोतको भनाइ छ । वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो । उनलाई मंगलबार नै काठमाडौं पठाइने ओलियाले जानकारी दिएका छन् ।

वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् ।  त्यतिबेला उनी कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७