रास्वपाले टोल समन्वय समूह बनाउने

रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग


२०८२ श्रावण २० मंगलबार २१:५५ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टोल समन्वय समूह बनाइ वडा भन्दा तल्लोस्तरमा रहेर अभ्यास गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । वडा भन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । 

उनकाअनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने बताए।बैठकले रूपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

उनले भने, ‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडा भन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ। हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने । सो समूहमा रहेको संयोजक, उपसंयोजक, टोल सदस्यहरू त्यसरी हुन्छ । टोल समूहका संयोजक वडा परिषदमा सदस्य हुनु हुनेछ । पालिका अधिवेशनको प्रतिनिधि हुनु हुनेछ ।’

केन्द्रीय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रीय कार्यालयमा १ बजे बस्ने निर्णय समेत गरेको उनले बताए । हालसम्म पार्टी सभापतिको पक्षमा ५६ लाख रूपैयाँ सहयोग र ३२ लाख हस्ताक्षर संकलन भएको उनले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७