तारकेश्वरका वडाध्यक्ष पक्राउ


२०८२ श्रावण २० मंगलबार १२:५५ बजे

काठमाडौं । काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादलाई लिएर भएको विवादमा तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

महादेव खोला किनारको संरचना निर्माणमा विवाद चलिरहँदा तारकेरश्वरतर्फको सरकारी जग्गा व्यक्तिको नाममा पारेर महानगरतिर पर्खाल लगाइ जमिन मिचिएको भन्दै असार २३ मा दुईतिरका स्थानीयबीच झडप भएको थियो । सोक्रममा केही घाइते भएका थिए । उक्त झडपलाई लिएर वडाध्यक्ष बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि मंगलबार बिहान नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दले मुद्दा दर्ता भएको जानकारी पाएर वडाध्यक्ष कविराज बस्नेत आफै प्रहरीमा उपस्थित भएको बताए । ‘उहाँको बयान भइरहेको छ’, उनले भने । महादेव खोलामा लगाइएको पर्खाललाई लिएर वर्षौदेखि विवाद रहिआएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७