विद्यालय हिंडेका दाजु–बहिनी मृत भेटिए


२०८२ श्रावण २० मंगलबार ११:१९ बजे

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराइरहेका दाजु–बहिनी मृत फेला परेका छन् । हराइरहेका दाजु–बहिनी विरुवा खोला किनारमा मृत भेटिएका हुन् ।
शुक्रवार विद्यालय हिंडेका उनीहरु हराएका थिए ।

विरुवा खोलामा मृत अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकीले जानकारी दिए । १० बर्षीय शिशिर राई र उनको बहिनी ५ बर्षीय नानुमा राईको शव फेला परेको हो । विद्यालय हिँडेका उनीहरु हराएपछि खोजी कार्य गरिएको थियो । 

बहिनीको केहि तल र दाजुको केहि माथि खोला किनारमा शव भेटिएको हो । केहि दिनदेखि प्रहरी र स्थानीय खोजीमा खटिएका थिए । शव पोस्टमार्टमा लागि फिदिम ल्याइँदैछ ।  उनीहरु पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र १ मा अध्ययनरत थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७