‘कुलिङ पिरियड’ गडबडीको जिम्मेवार ठहरिएपछि खतिवडा : लेख्ने काम त मेरो होइन नि यार


२०८२ श्रावण २० मंगलबार ११:३३ बजे

काठमाडौं । ‘कुलिङ अफ पिरियड’ मा गरिएको छलछाममा संसदीय छानबिन समितिले जिम्मेवार ठहर गरेपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा हस्ताक्षर आफूले गरे पनि लेख्ने काम आफ्नो नभएको प्रतिक्रिया जनाएका छन् ।  

राज्य व्यवस्था समितिबाट पास संघीय निजामती सेवा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा जाँदा समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको हस्ताक्षर थियो । जुन विधेयक संसदबाट पास गरिँदा जसमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था नै निष्क्रिय हुने गरी ‘बाहेक’ शब्द थपिएको पाइएको थियो । 

विधेयकमा कीर्ते देखिएपछि छानबिनका लागि संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिले दुई दिन, दुई रातको छलफलपछि मंगलरबार बिहान सवा ४ बजे यसमा समितिका सभापति खतिवडा र सचिव दुरा जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको हो । 

राज्य व्यवस्था समितिका सभापति खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा आफूले सही गरेको कुरामा कुनै विवाद नरहेको तर यो लेख्ने काम आफ्नो नभएको बताएका छन् । बरु यसमा पास गर्ने प्रतिनिधि सभा पनि जिम्मेवार हुनुपर्ने उनको जिकिर छ ।  

‘मैले प्रतिवेदन हेरेको छैन । पहिले प्रतिवेदन हेरौं न । सही गरेकै हो, त्यसमा विवादै भएन । तर सहीमा कुलिङ पिरियड राख्नुपर्छ भन्ने स्ट्यान्ड मेरो हो । पारित गर्ने १५ दिनसम्म संसदै छ । संसदले पनि हेर्नुपर्छ होला नि । जिम्मेवार त संसद पनि छ नि’, उनले भने, ‘तर यसमा जल्ले स्टयान्ड लियो त्यो त नहोला । अब के गरी लेखिरछन् मलाई थाहा भएन । लेख्ने काम त मेरो होइन नि यार ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७