सुनको भाउमा नयाँ कीर्तिमान, हालसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । नेपाली बजारमा अहिलेसम्मकै महँगो हुँदै एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको छ । आज १९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य दुई लाख नजिक पुगेको हो । मंगलबार सुनको मूल्य बढेर तोलाको १ लाख ९८ हजार ५०० सय कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार एक तोला सुन १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । मंगलबार एक तोला सुनको मूल्य २ हजार २८० रुपैयाँ पुगेको छ । मंगलबार तोलामा २ हजार २५५ रुपैयाँ पुगेको थियो ।