मार्गदर्शन सहकारीको ६ करोड अपचलनपछि फरार अध्यक्ष केसी पक्राउ


२०८२ श्रावण १५ बिहीबार १६:४२ बजे

रुपन्देही । रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ६ करोड अपचलन गरेर ६ वर्षदेखि फरार अध्यक्ष अशोक केसी आज (बिहीबार) भक्तपुरबाट पक्राउ परेका छन् । ०७८ सालमा उनले बचतकर्ताको करिब ६ करोड रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि फरार थिए ।

सिद्धार्थनगर नगरपालिका– ५, मैत्रीपथमा रहेको यो सहकारीका अध्यक्ष दोलखाको साविक डाँडाखर्क गाविस–७  (हाल मेलुङ गाउँपालिका–६) बस्ने ३४ वर्षीया केसीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले केसीले शेयरधनी तथा बचतकर्ताको पाँच करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ ७६पैसा हिनामिना गरी फरार रहेको अवस्थामा आज पक्राउ परेको जनाए ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहकारी ठगी तथा ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो । प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । त्यसपछि रुपन्देही जिल्ला अदालतबाट प्रहरीले केसीविरुद्ध पक्राउ अनुमति समेत लिएको थियो ।

त्यसयता उनी फरार थिए । तर, साउन १४ गते प्रहरी बृत ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी केसीलाई रुपन्देही ल्याइएका सापकोटाले जानकारी दिए । केसीलाई रुपन्देही जिल्ला अदालतमा पेस गरेर म्याद थपिएको छ । डिएसपी सापकोटाले उनी विरुद्ध ०७८ मा मुद्दा दर्ता भएको र त्यसयता फरार रहेको र हाल त्यो सहकारी बन्द अवस्थामा रहेको जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७