सिचाईको मोर्टरबाट करेन्ट लागेर एकको मृत्यु


२०८२ श्रावण १३ मंगलबार १२:२७ बजे
सांकेतिक तस्वीर

झापा । झापाको कचनकवलमा सिचाईंको मोटरमा तार जोडने क्रममा करेन्ट लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ सितागढी निवासी ५५ वर्षीय अरुण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज बिहान उनको शव घर नजिकैको खेतबारीमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु मोटरमा तार जोडने क्रममा भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए  ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतक राजवंशीको दुवै छोरा वैदेशिक रोजगारीमा रहेका छन् भने श्रीमती घरेलु झगडाका कारण माइतीघर गएकी थिइन् । उनी घरमा एक्लै बस्दै आएका थिए ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७