हितेन्द्रदेव अनुगमनमा पुग्दा चनौली सबस्टेशन प्रमुख नै अनुपस्थित


२०८२ श्रावण १३ मंगलबार १०:५३ बजे

चितवन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य अनुगमनमा पुग्दा चनौली सबस्टेशनका प्रमुख राजकुमार श्रेष्ठ नै अनुपस्थित भएका छन् । चितवनमा विद्युत आपूर्तिमा समस्या आएपछि शाक्य सोमबार चितवन पुगेका थिए । त्यसक्रममा उनी चनौली सबस्टेशन अनुगमनमा पुगे पनि त्यहाँका प्रमुख श्रेष्ठ भने अनुपस्थित भएका हुन् ।

सोमबार बिहान १० बजेतिर भरतपुर सबस्टेशनको अनुगमनपछि शाक्य सवा ११ बजेतिर चनौली पुगेका थिए । शाक्यले सबस्टेशनका अन्य इन्जिनियरसँग लोड नाकनाकसम्म आउँदा पनि थाहा नपाउने, डुबेपछि मात्रै होस पाउने भन्दै आक्रोश पोखेका थिए ।

‘जेठमा काम गर्न भ्याइँदैन भनेपछि वैशाखतिर नै तातेर काम गर्नुपर्ने, ट्रान्सफर्मरको समस्या हुने थिएन, फिडरकै समस्या हो’, शाक्यले कार्यालयका अर्का इन्जिनियरसँग भने, ‘फिडर अर्को ल्याउनेतर्फ ध्यान दिनु पर्दथ्यो, अरु काम छाडेर भए पनि ।’

कार्यालयतर्फबाट भएका समस्या, विद्युत आपूर्तिको समस्याका बारेमा प्राधिकरण प्रमुखलाई ब्रिफिङ्ग गर्नुपर्ने सबस्टेशनका प्रमुख श्रेष्ठ प्राधिकरण प्रमुख आउँदा दिनभरजसो नै आएनन् । शाक्य चितवनमा झण्डै ६ घण्टा रहे । तर, श्रेष्ठले भेटेनन् । भरतपुर पुगेका शाक्यलाई लोडसेडिङकै झल्को दिने गरी किन तालिका सार्वजनिक भयो भनेर सोध्दा गलत ढंगले दबाब दिएर तालिका सार्वजनिक गरिएको बताएका थिए ।

उनले पूर्वी क्षेत्रमा काममा रहेको र विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय प्रमुख जितेन्द्रकुमार झालाई जानकारी गराएको बताए । ‘झा सरले म यता सम्हाल्छु तपाई उता काम गर्नुस् भन्नुभएको थियो’, श्रेष्ठले भने, ‘म नभए पनि सरहरु हुनुहुन्छ भनेर गइनँ ।’ अहिले समस्या देखिएकाले काममा गएको होला भनेर नै आफूले बुझेको झाको भनाइ छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७