सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा


२०८२ असार ३२ बुधबार १२:०८ बजे

काठमाडौं । सरकारले साउन महिनाभर डेंगी सचेतना जगाउने महिनाको रुपमा घोषणा गरेको छ । बुधबार औपचारिक कार्यक्रम गरी यस्तो घोषणा गरेको हो । साउनदेखि डेंगीको लामखुट्टेको वृद्धि बढ्न सुरु भई कात्तिकसम्म रहने भएकोले साउनबाटै हरेक नागरिकको तहमा सचेतना जगाउने गरी कार्यक्रम तय गरेको स्वास्थ्य सेवा विभाग इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सो अनुसार सम्बन्धित तीनै तहका सरकार सबै मन्त्रालय, सांसदको सहभागिता यो अभियान सुरु हुने जनाइएको छ । जसमा ‘हरेक शुक्रबार सफा शुक्रबार’ मार्फत सबै सार्वजनिक निकाय र संस्थाहरूमा सरसफाइ तथा लामखुट्टे प्रजनन स्थलहरू खोजी गरी सफा गर्ने कार्यक्रम रहेको छ ।

दोस्रो कार्यक्रम अन्तर्गत ‘हप्ताको एक दिन एक घण्टा हुँदैन कुनै कष्ट’ समुदायको सहभागितामा लामखुट्टेको लार्भा नष्ट’ नाराका साथ खोज र नष्ट अभियान सञ्चालन गर्ने, डेंगी नियन्त्रणको लागि रणनीति र समुदायस्तरमा गर्नु पर्ने गतिविधि बारे संघ,प्रदेश र स्थानीय तहहरूमा छलफल र पैरवी गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी हरेक वार्डमा घरदैलो कार्यक्रम अभियानमा पोष्टर र सञ्चारमाध्यमद्वारा डेंगीको जोखिम लक्षण र रोकथाम बारे जनचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७