मन्त्रीको ७८ लाख घुस ‘डिल’ प्रकरण : मन्त्री गुप्तालाई ‘एक्सन’को तयारी 


२०८२ असार २९ आइतबार १९:१५ बजे

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्ने तयारी गरेका छन् । कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि उनलाई एक्सनको तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले झापाको भद्रपुरबाट काठमाडौं फर्किए लगत्तै कुराकानी गर्ने भएका छन् ।  मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ ।

त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । उनले भूमि व्यवस्थामन्त्री अधिकारीको पनि नाम लिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७