इनरुवामा घरभित्रै श्रीमान–श्रीमती मृत भेटिए, घटना शंकास्पद

विराटनगर । सुनसरीको इनरुवामा घरभित्रै श्रीमान–श्रीमती मृत भेटिएका छन् । आज (आइतबार) बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।
सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरको धुरीमा सारीको पासो लगाएर झुण्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ । सवेताको शव भने ओछ्यानमा फेला परेको छ। उनका अनुसार सुकदेवको शरीर अर्धनग्न अवस्थामा छ । उनकी श्रीमतीको शव भने बेडमा सुतिरहेको अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेको उनले बताए । आइतबार बिहान करिब ९ बजे स्थानीयले घरभित्र दम्पतीलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।