सूचना आयोगका पूर्व अध्यक्ष बास्कोटालाई पितृशोक


२०८२ असार २८ शनिबार १२:०८ बजे

काठमाडौं । राष्ट्रिय सूचना आयोगका पूर्व अध्यक्ष कृष्णहरि बास्कोटालाई पितृशोक परेको छ । उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । 

समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा रु ५० लाखभन्दा बढी अक्षयकोष स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । उनका दुई छोरी र चार छोरा रहेका छन् । स्व.बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७