एनपीएलको अनियमितता छानबिन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन


२०८२ असार २७ शुक्रबार १७:१० बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको छानबिन गर्न गठित कार्यदलले छानबिन प्रतिवेदन बुझाएको छ । आज कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएकी हुन् । म्याद सकिने अन्तिम दिन कार्यदलले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ९ वटा फायलहरू संलग्न रहेको बुझिएको छ । कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई गत आइतबार पत्र पठाएर जवाफ मागेको थियो ।

एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो । कार्यदलले नेपाल क्रिकेट संघ क्यानलाई पठाएको पछिल्लो पत्रमा अनुसन्धान नटुंगिइ अर्को संस्करणको एनपीएल आयोजना नगर्न निर्देशन दिएको थियो । स्रोतका अनुसार आज बुझाइएको प्रतिवेदनमा कार्यदल संयोजक प्रधान र एक सदस्यले हस्ताक्षर गरेका छन् भने अर्का एक सदस्यले हस्ताक्षर गर्न बाँकी रहेको छ ।

प्रतिवेदन बुझाउने क्रममा संयोजक प्रधानले यसअघि क्यानलाई लेखिएको पत्रमा अनावश्यक व्यहोरा लेखेर आफूलाई हस्ताक्षर गर्न वाध्य पारिएकोप्रति असन्तुष्टि पोखेकी थिइन् । एनपीएलको पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको थियो । तर पहिलो संस्करण भव्य रुपमा सफल भएपनि एनपीएलको आयोजनासँग जोडिएको विभिन्न विषयमा अनियमितता भएको र आर्थिक हिसावकिताव समेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७