नेपाललाई ‘खैरो सूची’ बाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने


२०८२ असार २७ शुक्रबार १५:५४ बजे

काठमाडौं । राष्ट्र बैङ्कले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटिएफ) को खैरो सूचीबाट बाहिर निकाल्न शंकास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ । आव सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाललाई खैरो सूचीबाट चाँडो बाहिर निकाल्न कार्ययोजनाअनुसार अनुसन्धान, अभियोजन र कारबाहीलाई प्रभावकारी बनाउने उल्लेख गरेको छ । 

‘एफएटिएफको सघन निगरानी सूची अर्थात् खैरो सूची (ग्रे लिस्ट) बाट मुक्त हुन नेपाललाई प्राप्त कार्ययोजनाबमोजिमका कार्य सम्पन्न गर्न सम्बद्ध निकायबीच प्रभावकारी समन्वय गरिनेछ । राष्ट्र बैङ्कसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान र कारबाहीलाई थप सबल बनाइनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

एसिया प्यासिफिक समूह (एपिजी)ले प्रकाशन गरेको नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित नियमनकारी निकायसँग सम्बन्धित प्राथमिकताका कार्य र सुधारका सुझाव प्राथमिकताका साथ कार्यान्वयन गरिने मौद्रिक नीतिमा उल्लेख छ । यसैगरी, राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइबाट सम्बन्धित निकायमा सम्प्रेषण गर्ने फाइनान्सियल इन्टेलिजेन्सलाई स्वचालित बनाई अनुसन्धान कार्यको प्रभावकारिता अभिवृद्धिमा सहजीकरण गरिने जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७