काठमाण्डु गुर्खाजको प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं । काठमाडौं गुखार्जले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक देसाईलाई काठमाडौंले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत हो । करण केसी काठमाडौंका मार्की प्लेयर हुन् ।
मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाण्डुमा अनुबन्ध भएपछि उनले समर्थकलाई आफू त्रिवी क्रिकेट मैदानमा भेट्न एकदमै उत्सुक रहेको बताएका छन्।
उनले नेपाली क्रिकेट र समर्थकको उच्च प्रशंसा गरेका छन् । काठमाण्डु गुर्खाजको मार्की खेलाडी करण केसी हुन्।टोलीमा केसीसँगै रसिद खान, प्रतिक श्रेष्ठ, दिपेश कँडेल, भीम सार्की र सहाव आलमलाई रिटेन गरेको छ । बाँकी खेलाडी अक्सनबाट छानिने छन् ।