पार्टीले निर्देशन दिए समिति सभापतिबाट राजीनामा दिन तयार छु : रामहरि खतिवडा


२०:५० बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पार्टीले फिर्ता बोलाए सभापति छोड्ने बताएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार उनले संसदीय समितिको सभापतिबाट पार्टीले राजीनामा दिन भनेमा आफू तयार रहेको बताए ।

‘निजामती कर्मचारीसम्बन्धी विधेयकको कुलिङ अफ पिरियडको विषयमा मेरो गल्ती र कमजोरी छैन । पार्टीले पनि गल्ती र कमजोरी छ भने म सभापति पद छोड्न तयार छु,’ खतिवडाले भने, ‘पार्टी सबैको हो । सभापतिलाई दोष दिने, कसैले महामन्त्रीलाई खुइल्याउने, अरु नेतालाई तथानाम भन्ने प्रवृत्ति भइरहे पार्टी कसरी बलियो हुन्छ ?’ पार्टीमा पद्धति बसाल्ने हो भने केन्द्रीय समितिमा सभापति, महामन्त्री र अन्य नेतालाई आरोपित गर्ने काम बन्द गर्न उनले आग्रह गरे । सभापति, महामन्त्री  र कोही पनि केन्द्रीय सदस्य कमजोर भए पार्टी नै कमजोर हुने उनको भनाइ छ ।

खतिवडाले पार्टीमा सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भएको भन्दै चिन्ता व्यक्त गरे । ‘यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोप प्रत्यारोपमै सीमित भयौं भने जनताले, कार्यकर्ताले के गर्ने ?,’ पार्टी बैठकमा नेताहरूलाई उनले प्रश्न गरे । पार्टी सभापति, उपसभापति, महामन्त्री कमजोर हुँदै जाँदा को बलियो हुने भन्दै उनले प्रश्न गरे । ‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस् । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस,’ खतिवडाले भने, ‘पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७