यो सरकारको पतन अनिवार्य छ : अध्यक्ष नेपाल

‘पार्टीको भविष्य छैन भन्ने अन्तर्घातीलाई सबैले चिन्नु पर्छ’


२०:०१ बजे
फाइल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताएका छन् । आज (शुक्रबार) पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको बताए । 

उनले सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको बताएका छन् । सरकारले यो सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको उनको भनाइ छ । वर्तमान सरकार जनमुखी नभइ जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक रहेको आरोप उनले लगाए । त्यसैले यो सरकारलाई साथ दिन नसकिने उनले स्पष्ट पारे । वर्तमान सरकारको पतन अनिवार्य रहेको र समय मात्रै पर्खिनुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले देशमा आर्थिक मन्दी, बेरोजगारी बढिरहेको बताए ।

‘पार्टीको भविष्य छैन भन्ने अन्तर्घातीलाई सबैले चिन्नु पर्छ’
अध्यक्ष मावध नेपालले पार्टीकाबारेमा नकारात्मक टिप्पणी हुने गरेको भन्दै त्यस्ता मान्छेहरुलाई विश्वास गर्न नसकिने बताएका छन् ।उनले सबै मान्छेमा पार्टी बनाउने आत्म विश्वास पनि नहुने उल्लेख गरे ।

‘हाम्रो पार्टीबारे नकारात्मक टिप्पणी हुँदै छ, कतिपयले यो पार्टीको भविष्य छैन भन्छन्, कसैले यो पार्टी चल्दैन भन्छन्, त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्छन्,’ नेपालले भने, ‘सबै मान्छेमा उतिकै विश्वास हुँदैन, र आत्मविश्वास पनि हुँदैन ।’ उनले पार्टी बन्दैन भनेर हल्ला गर्ने अन्तर्घातीलाई सबैले चिन्नु पर्ने समेत जिकिर गरे । ‘पार्टीभित्र अन्तर्घात गर्ने र बर्बाद पार्नेहरूलाई हामी सबैले चिन्नु पर्छ,’ नेपालले भने, ‘त्यसलाई साथ दिनेहरू को–को छन् पत्ता लगाउनु पर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७