मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणका काम अन्तिम चरणमा


१८:३४ बजे

धनुषा । जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिए । 

१८ करोड ९१ लाखभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्डपसहित यहाँका पाँच स्थानमा काम भइरहेको त्यसमध्ये बढी लागतमा धार्मिक पर्यटकीयस्थल मणिमण्डप सौन्दर्यीकरण भइरहेको उनले बताए । निर्माण सम्पन्न भएपछि यसलाई जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाध्यक्ष जितबहादुर राउतले  ऐतिहासिक महत्वको मणिमण्डपलाई विश्वका हिन्दू धर्मावलम्बीका लागि आकर्षक वैवाहिकस्थल बनाउन थालिएको र त्यसक्रममा सुविधा सम्पन्न प्यालेस भवन निर्माण भएको बताए । उक्त भवनमा ७० जना अटाउने हलसहित २१ वटा कोठा छन् । साथै यहाँ दुई वटा सुविधा सम्पन्न २४ कोठे धर्मशाला, विवाहमण्डप र दुई वटा पवेलियम रहेका छन् । आयोजना आर्थिक वर्ष २०७४/७५ देखि सुरुआत गरिएकामा यही असारभित्रमा सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका इञ्जिनियर निर्मलकुमार यादवले सोहीअनुसार अन्तिम चरणका काम भइरहेका बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७