कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक


१८:०३ बजे

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुन समेत अनुरोध गर्दछौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७