रास्वपाले बोलायो सचिवालय बैठक, सागर ढकालले पाउँलान् रुपन्देही–३ काे टिकट ?


०६:५९ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक आह्वान गरेको छ । भोलि (बिहीबार) बस्ने गरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वैठक आह्वान गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।

बिहान ११ः३० बजे पार्टी मुख्यालय वनस्थलीमा बस्ने बैठकमा रुपन्देही–३ को उपनिर्वाचनका बारेमा छलफल हुने प्रवक्ता झाले जानकारी दिए। यस्तै समसामयिक पार्टी र राजनीतिक गतिविधिलगायतका बारेमा छलफल हुने बताइएको छ।रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।

दलहरू उम्मेदवार छान्ने छलफलमा जुटिसकेका छन् भने नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई चयन गरिसकेको छ। रास्वपाबाट सागर ढकालको नाम चर्चामा छ। अघिल्लो निर्वाचनमा ढकाल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७