सांसद राईले मागे समितिका सभापति खतिवडाको राजीनामा


१८:४२ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद राजेन्द्र राईले निजामती विधेयकमा समितिले गरेको निर्णयलाई जालझेल गरेर सदस्यको अपमान गरिएको बताएका छन् । समितिको आज डाकिएको आकस्मिक बैठकमा राईले सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन् ।

‘सभापति ज्यू तपाईले सक्नु भएन । तपाईले जनप्रतिनिधिको अपमान गर्न पाउनु हुन्न । सचिव एकदमै डाइनामिक हुनुहुन्छ सोचेको थिएँ, तर त्यस्तो देखिएन । तपाई कहाँ चुक्नु भयो ? कहाँ फस्नु भयो ? तपाई पनि पद छाडिदिनुहोस् । हेरि हेरि बस्न मिल्छ ? सभापति ज्यूले हाम्रो निर्णयलाई अपमान गर्न मिल्छ ? खुरुक्क राजीनामा दिनुहोस् । उहाँको अध्यक्षतामा कसरी बैठक बस्ने ? उहाँको सभापतित्वमा बैठक बस्न सक्दैनौं । यो नै उपयुक्त निर्णय हुन्छ’, राईले थपे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७