एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?


२०८२ असार १३ शुक्रबार १३:३१ बजे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । आज (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्ने गरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्नेछन् । पतञ्जलीको जग्गामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाललाई ३५ लाख धरौटीमा छाडेको छ ।

‘ती विषयहरूमा उहाँले बैठकमा ब्रिफिङ गर्नु हुन्छ,’ उपाध्यक्ष तुलाधरले भने । पार्टी निर्माणका लागि अघि सारिएका आन्दोलनको समीक्षा हुने पनि उनले बताए । एकीकृत समाजवादीले साउनदेखि पार्टी प्रशिक्षण कार्यक्रम चलाउँदै छ । आजको बैठकमा त्यसबारे पनि छलफल हुने र योजना बनाइने उपाध्यक्ष तुलाधरले बताए । सँगै समसामयिक राजनीतिक परिस्थितीबारे पनि छलफल हुने उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७