भारतले इरानबाट उद्धार गरेर आफ्ना नागरिकसँगै दिल्ली ल्याइ दियो थप तीन नेपाली


२०८२ असार १२ बिहीबार २०:३७ बजे

काठमाडौ । भारतीय सहयोगमा इरानबाट थप तीन जना नेपाली नागरिकको उद्धार गरिएको छ । २७२ जना भारतीय नागरिकसँगै तीन नेपाली नागरिक इरानबाट दिल्ली पुगेको भारत सरकारले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा विशेष उडानमार्फत भारतीय समयअनुसार मध्यरात १२ः०१ मा दिल्लीमा अवतरण गरेको उल्लेख गरेका छन्।  यसअघि ६ जना नेपाली नागरिक भारतको सहयोगमा इरानबाट उद्धार गरिएको थियो । इजरायल–अमेरिका र इरानबिचको युद्ध चर्किरहँदा नेपाली नागरिकको उद्धारको कुरा उठेको थियो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका नेपालीको उद्धारका लागि भारतको सहयोग मागेकी थिइन। सोहीअनुसार भारतले नेपाली नागरिकको उद्धार गरिरहेको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७