प्रधानन्यायाधीश राउतले गरे सैनिक विशेष अदालत निरीक्षण


२०८२ असार १२ बिहीबार ०१:१७ बजे

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बिहीबार सैनिक विशेष अदालतको निरीक्षण गरेका छन् । सर्वोच्च अदालतबाट न्यायिक निकायहरूको नियमित निरीक्षणको सिलसिलामा उनले बिहीबार सैनिक विशेष अदालतको निरीक्षण भ्रमण गरेका हुन् ।

प्रधानन्यायाधीश राउतको नेतृत्वमा भएको निरीक्षणका क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी उनले सैनिक न्याय प्रणालीसँग सम्बन्धित अधिकारीलाई विशेष निर्देशन समेत दिए । निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधानसेनापति अशोक राज सिग्देलले स्वागत गरेका छन् । 

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायाधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल लगायतका पदाधिकारी, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७