संघीय लोकतान्त्रिक मोर्चाको वैठक : उपचुनाव र राजबन्दी रिहाइमा केन्द्रित


२०८२ असार १२ बिहीबार २१:१४ बजे

काठमाडौं । मधेस केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षतामा काठमाडौंको लाजिम्पाटस्थित बाबा होटलमा बसेको मोर्चाको बैठक आज सकिएको हो । 

बैठकमा मोर्चाको भावी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । बैठकको मुख्य एजेण्डा रुपन्देही क्षेत्र नं–३ मा हुन लागेको उपनिर्वाचनमा मोर्चाको भूमिका, कार्यविधिको पूर्णता, राजबन्दी रिहाइ र मोर्चाका भावी कार्यक्रमहरू तय गर्ने रहेको थियो । बैठकमा मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति थियो ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा; नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी, लालबिर चौधरी र अरुण चौधरी; राष्ट्रिय मुक्ति पार्टीका

अध्यक्ष राजेन्द्र महतो, केशव झा र सिएन थारु; तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा सहभागी थिए । त्यस्तै जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव र सबिर हुसेन, अनि तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंहको उपस्थिति थियो । बैठकले उपनिर्वाचनमा साझा रणनीति बनाउने र राजबन्दी रिहाइको मुद्दालाई सशक्त रूपमा अघि बढाउने विषयमा जोड दिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७