परराष्ट्रमन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै


२०८२ असार १२ बिहीबार २१:२० बजे

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली र जर्मनी भ्रमणमा जाने भएकी छन् । यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको इटाली र जर्मनी भ्रमण स्वीकृत गरेको हो ।परराष्ट्रमन्त्री राणा असार १३ गतेदेखि २९ गतेसम्म रोममा आयोजना हुने ‘एफएओको ४४औं सम्मेलन’ मा सहभागी हुन इटाली जान लागेकी हुन् ।

यस्तै, लगानी बोर्ड नेपालले आयोजना गर्ने लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी जर्मनी जान लागेकी हुन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि स्पेन भ्रमणमा जाने भएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७