भारतको सहयोगमा इरानबाट ६ नेपाली नेपाल आइपुगे


२०८२ असार ११ बुधबार ०१:५६ बजे

काठमाडौं । भारतले इरानबाट उद्वार गरेका ६ जना नेपाली स्वदेश आइपुगेका छन् । भारतले आफ्ना देशका नागरिकहरुसँगै उनीहरूको उद्धार गरेर दिल्ली ल्याएको थियो । उद्वार गरिएका सबै बुटवलका भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ । उनीहरु सबै बुटवलका नेपाली भएको दिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार सबैभन्दा पहिले उद्धार गरिएर दिल्ली ल्याइएकाहरु गणेशप्रसाद पोखरेल र सुमन गैरे हुन् । अरु चार जनाको भने थर खुलाइएको छ । उनीहरुको नाम गायत्री, उत्सव, सागर र बुद्धी भएको बताइएको छ । इरान र इजरायल युद्धमा अमेरिकी तथा कतारी समन्वयमा युद्ध बिराम घोषणा भएपछि नेपालीहरु दिल्ली हुँदै नेपाल आउन लागेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७