देउवासँग छलफलपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ। सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको हो। बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल र निर्णय हुन सक्ने बताइएको छ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो। प्रधामनन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा छलफल गरेपछि मन्त्रिपरिषद् बैठक सुरू गरेका हुन्। मन्त्रिपरिषद् बैठकबाट भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति भएको छ। यसै बैठकबाट समिति गठन हुन सक्ने केही मन्त्रीले बताएका छन्।