ताला लगाएको कोठाभित्र युवतीको शव भेटियो


२०८२ असार ९ सोमबार १५:२२ बजे

धनगढी । धनगढीमा एक युवती ताला लगाएको कोठाभित्र मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी हुन्। उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतक चौधरी त्यहाँ कोठा भाडामा बस्दै आएकी थिइन्। कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएको डीएसपी सिंहले जानकारी दिए । घटनास्थल शिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७