जसपा नेपालको केन्द्रीय समितिमा पाँच जना मनोनीत


२०८२ असार ९ सोमबार १९:५१ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिले विभिन्न दलबाट भित्रिएका पाँच जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पर्साका शशीकुमार मियाँ, करिमा बेगम र सुधिरनाथ पाण्डेलाई केन्द्रीय समितिमा मनोनीत गरेको हो।

यस्तै, रुपन्देहीका कैलाश गुरुङ र रुपन्देहीकै निलम यादवलाई पनि केन्द्रीय समितिमा मनोनयन गरिएको सो पार्टीका प्रवक्ता मनिष कुमार सुमनले जनाएका छन्। बैठकले सप्तरीको राजविराज नगरपालिकामा हालै घटेको अप्रिय घटनामा संलग्न रहेका पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता सुमनले बताए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७