बजेट पास गर्न एमालेको ‘ह्वीप’


२०८२ असार ९ सोमबार १९:५३ बजे

 काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ । बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकिएर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेको संघीय संसद सचिवालयले जनाएको छ।

बजेटबारे सत्तापक्षकै सांसदहरू सन्तुष्ट छैनन्। यसैबीच सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्ना सांसदलाई बजेट पास गर्न ‘ह्वीप’ लगाएको छ । संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन र विनियोजन विधेयकका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७