सत्तारुढ सांसदले बोल्न थालेपछि बाहिरिए रास्वपा सांसद


२०८२ असार ७ शनिबार २२:१३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन्। रास्वपाका सांसदहरूले शनिबारको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन्।  

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर वेल घेर्ने गर्दै आएका उनीहरूले आजको बैठकमा पनि केही समय विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले सम्बोधन गर्न थालेपछि बैठक छोडेर बाहिरिएका हुन्।

१२ बजेदेखि सुरु भएको संसद् बैठकमा रास्वपा सांसदहरुले करिब २ घण्टाजति उभिएर विरोध जनाएका थिए । तर,  सभामुख देवराज घिमिरेले उनीहरुको विरोधका बाबजुद पनि बजेटमाथिको छलफल अघि बढाए। सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बोल्न थालेपछि उनीहरु बाहिरिएका हुन्। रास्वपा सांसदहरुले सदन छोडेपछि महतले ‘लगातार उभिन गाह्रो हुन्छ’ भन्दै कटाक्ष गरेका थिए। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपा सांसदहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७