चितवन दुर्घटना : यी हुन् सात मृत्तक र २४ घाइते (नामावलीसहित)


२०८२ असार ७ शनिबार २१:४७ बजे

काठमाडौं । चितवनमा बस र माइक्रो ठोक्किँदा गर्भवतीसहित ज्यान गुमाउने सात जना र २४ घाइतेको पहिचान भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो बस र इभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु हो। त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो।

घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन्। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ।

मृतकहरू 
१) मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती ।
२) मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी ।
३) हाल नामथर वतन नखुलेको अन्दाजी १८÷१९ वर्षीया महिला ।
४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४÷२५ वर्षीया महिला ।
५) हाल नामथर वतन नखुलेको अन्दाजी २२÷२३ वर्षीया पुरुष ।
६) नामथर वतन नखुलेकी अन्दाजी ३०÷३५ वर्षीया गर्भवती महिला ।
७) नामथर वतन नखुलेका अन्दाजी ३५÷४० वर्षीया पुरुष ।

यी हुन घाइतेहरूः

१) मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने १६ वर्षीय सक्षम थापा ।
२) मकवानपुर हेटौंडा उ.म.न.पा.१२ का वर्षीय ३२ को सिंहबिर घलान ।
३) मकवानपुर हेटौंडा उ.म.न.पा.४ का ३१ वर्षीय विष्णु लम्साल ।
४. मकवानपुर हेटौंडा उ.म.न.पा.८ का ३४ वर्षीया गंगा घलान ।
५) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल ।
६) झापा गौरादह नगरपालिका ९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल ।
७) कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी ।
८) रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली ।
९) अछाम साफेबगर नगरपालिका १० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत ।
१०) कैलाली लम्कि चुवा नगरपालिका ८ बस्ने ४५ वर्षीय जम बुढा ।
११) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा ।
१२) झापा गौरदह नगरपालिका ६ बस्ने ७० वर्षीया टिका न्यौपाने ।
१३) कञ्चनपुर पूर्णवास नगरपालिका ६ बस्ने ६९ वर्षीय जम बा थापा ।
१४) कैलाली गोरीगगा नगरपालिका ११ बस्ने ३२ वर्षीया सुरेश बोगटी ।
१५) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा ।
१६) कैलाली लम्कीचुवा नगरपालिका १ बस्ने ४८ वर्षीय बल सिंह बुढा ।
१७) रौतहट चपुर नगरपालिका ७ बस्ने ४५ वर्षीय वुलटन साह ।
१८ ) मकवानपुर बकैया गाउँपालिका ४ बस्ने २६ वर्षीय अनिसा घिमिरे
१९) कालिकोट पलाता गाउँपालिका ४ बस्ने ५३ वर्षीय रत्न बुढा ।
२० ) झापा दमक नगरपालिका ८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल ।
२१) झापा मेचि ना पा १५ बस्ने २३ वर्षीय प्रवेश सौरेन ।
२२) सप्तरी राजविराज नगरपालिका ५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय ।
२३) कैलाली गोदावरी नागरपालिका ४ बस्ने ३४ वर्षीय महेश चौधरी ।
२४) मोरङ बेलबारी नगरपालिका ७ बस्ने २७ वर्षीय सुमन चौधरी ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७