संसदमा प्रधानमन्त्री ओलीको प्रश्नोत्तर : रास्वपा सांसद कालो कपडा र निलाे रिवनमा उपस्थित


२०८२ असार ६ शुक्रबार १८:०२ बजे

काठमाडौं । रास्वपाका सबै सांसदहरू आज (शुक्रबार) कालो कपडा लगाएर संसद भवन आएका छन्। विरोधस्वरुप सबै सांसदहरूले कालो कपडा लगाएका हुन्। प्रधानमन्त्री केपी ओलीसँग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर तय भएको दिन रास्वपा सांसदहरूले कालो कपडा र निलो रिवन लगाएर आएका हुन्। 

भिजिट भिसा प्रकरणमा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोगको माग गर्दै रास्वपाले जेठ ३० पछिका प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै आइरहेको छ। यता प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन्। 

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन्। उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेको सभामुखको सचिवालयले जनाएको छ।  सभामुखको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताएको छ। रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७